राजनीति

राष्ट्रपति चुप लागेर बस्नु घातक

२०७० मंसिर ३० गते १३:०३

भक्तपुर, ३० मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपति आफैं चुप लागेर बस्नु देशका लागि घातक हुने बताएका छन् । राष्ट्रपतिबारे विवाद सिर्जना भएको अहिलेको अवस्थामा राजनीतिक अन्योलताको अन्त्यका लागि राष्ट्रपतिले नै मध्यमार्गीको भूमिका निर्वाह गरेर अगाडि बढ्नु पर्ने उनले बताए ।...

एमाओवादीको अडान कायमै, केन्द्रीय समिति बैठक स्थगित

२०७० मंसिर ३० गते ११:२५

काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले निर्वाचनको धाँधली छानविन गर्नुपर्ने र संविधान निर्माण सबै पक्षको सहमतिमा गर्नुपर्ने अडान कायम राखेको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिलाई कायम राख्नुपर्ने निर्णय पनि गरेको छ । पूर्वपोलिटव्युरो समितिको आइतबार बसेको बैठकले पार्टीले पछिल्लोपटक लिएका अडान उपयुक्त रहेको भन्दै...

उच्चस्तरीय समतिबारे के भन्छन् नागरिक अगुवाहरु ?

२०७० मंसिर ३० गते १०:४३

काठमाण्डु, ३० मंसिर– नागरिक समाजका केही अगुवाहरुले संविधानसभा निर्माण भइसकेको अवस्थामा विभिन्न अभिव्यक्ति दिएका छन् । रिपोटर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनीहरुले नयाँ जनादेश आइसकेको भन्दै संसविधानसभाबाट समस्या हल गर्नुपर्ने बताउँदे बाहिर छलफल गरेर पहिलेजस्तै जनतामाथि षडयन्त्र भएको बताएका छन् । साक्षात्कारमा नागरिक अगुवाहरुले...

‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार आयोग गठनको माग’

२०७० मंसिर ३० गते ९:५५

काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादी लगायतका विभिन्न १८ राजनीतिक दलले छानबिन आयोग गठन गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले सोही प्रचलनअनुसार आयोग गठनको माग अगाडि सारिएको बताएका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको ती दलको बैठकपछि संविधानसभा निर्वाचनको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठनको...

काँग्रेसले आज पनि सभासद छान्न सकेन

२०७० मंसिर ३० गते ९:५०

काठमाण्डु, ३० मंसिर– नेपाली काँग्रेस संसदीय समितिको बैठक समानुपातिक सभासदको सूची तयार पार्न आइतबार पनि असफल भएको छ । आइतबार सहमति हुन नसकेपछि थप छलफलका लागि भन्दै सोमबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको छ । काँग्रेस संसदीय बोर्डका सदस्य तथा सहमहामन्त्री पूर्णबहादुर खड्काले शीर्ष...

एकीकृत माओवादीबाट पूर्वपोलिट्ब्युरो बैठक आह्वान

२०७० मंसिर ३० गते ४:३१

काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले राजधानीमा उपलब्ध पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान बसेको हेर्डक्वाटर बैठकले उच्चस्तरीय राजनीतिक समिति बैठकअघि पूर्वपोलिट्ब्युरोको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजेपछि बस्ने नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए  ।...

‘सरकार छाड्न आतुर छु’

२०७० मंसिर ३० गते ३:२२

काठमाण्डु, ३० मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कार्यभार हस्तान्तरण गर्न सरकार आतुर रहेको बताएका छन् । उनले भने, ‘नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न यो सरकार आतुर छ । त्यसपछि मात्रै हाम्रो कार्यभार पूरा हुनेछ ।’ नेपाल पत्रकार महासंघ शिक्षा विभागको सहयोगमा...

उच्चस्तरीय राजनीतिक समिति बैठक बस्दै

२०७० मंसिर ३० गते २:५३

काठमाण्डु, ३० मंसिर–प्रमुख दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति बैठक आज पुन: बस्दैछ । बैठक अपराह्न ४ बजेपछि बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बस्ने नेताहरुका सहयोगीले बताएका छन् । बैठकअघि दलहरु आन्तरिक तथा बाह्य छलफलमा जुट्दैछन् । काँग्रेस–एमालेले एकीकृत माओवादीलाई मनाउन मध्यमार्गी प्रस्ताव ल्याउने तयारी गरेका छन्...

संविधानसभाको बैठक संवैधानिक व्यवस्थाअनुसार

२०७० मंसिर २९ गते १२:३३

काठमाण्डु, २९ मंसिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक एवम् संवैधानिक व्यवस्थाअनुसार संविधानसभाको बैठक आयोजना गर्ने प्रक्रियामा मुलुक पुगेको उल्लेख गर्दै त्यससँगै सरकार गठन र संविधानलेखनको काम सुरु हुने बताएका छन् । समाजशास्त्र समाज नेपालद्वारा आज ललितपुरमा आयोजित ‘नेपालको रुपान्तरणका सामयिक गति’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको...

एमालेले काँग्रेससँग प्रतिस्पर्धा र सहकार्य दुवै गर्ने

२०७० मंसिर २९ गते ११:२४

काठमाण्डु, २९ मंसिर– एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा र सहकार्य एकै साथ हुने बताएका छन् । नेकाका विभिन्न कार्यकर्ताको पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले संविधानसभा निर्वाचनको जनादेशअनुसार आफूहरूले काँगेससँग मुख्य प्रतिस्पर्धा र सहकार्य गर्दै लोकतान्त्रिक...

‘आयोग गठनपछि मात्र अरु कुरा हुन्छ’

२०७० मंसिर २९ गते ११:१८

काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नको समाधान नभई संविधानसभामा सहभागी नहुने पार्टीको निर्णय कायम नै रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटको अवसरमा सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनको वैधतामाथि प्रश्न उठिसकेपछि त्यसको छिनोफानो...

राजेन्द्र महतोले एमाओवादी नेतृत्वको गठबन्धन छाड्ने

२०७० मंसिर २९ गते ११:१०

काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादी नेतृत्वको प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनको एक पार्टी संविधानसभामा जाने भएको छ । राजेन्द्र महतोको सद्भावना पार्टीले संविधासभामा जाने निर्णय लिएको हो । निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगको गठन गर्न माग गरेको सदभावना गठबन्धनको निर्णय विपरित संविधानसभामा जान लागेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us