संविधानसभाको बैठक संवैधानिक व्यवस्थाअनुसार

काठमाण्डु टुडे २०७० मंसिर २९ गते १२:३३ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, २९ मंसिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक एवम् संवैधानिक व्यवस्थाअनुसार संविधानसभाको बैठक आयोजना गर्ने प्रक्रियामा मुलुक पुगेको उल्लेख गर्दै त्यससँगै सरकार गठन र संविधानलेखनको काम सुरु हुने बताएका छन् ।

समाजशास्त्र समाज नेपालद्वारा आज ललितपुरमा आयोजित ‘नेपालको रुपान्तरणका सामयिक गति’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सो बताएका हुन् ।

राजनीतिक सङ्क्रमणबाट राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको वर्तमान सन्दर्भमा सम्मेलनको महत्ता अझ बढेको चर्चा गर्दै अध्यक्ष रेग्मीले मुलुकको सामाजिक अवस्था बुझाउन र  रुपान्तरण ल्याउनमा सम्मेलनबाट उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘विकास, सामाजिक परिचालन, शिक्षा तथा समाज, लिङ्गभेद र नारीत्व, स्वास्थ्य, पोषण एवम् गरिबी, राजनीतिक पहिचान एवम् शान्ति, श्रम शक्ति, आप्रवास, बौद्धिक व्यक्तित्वको पलायन, एचआइभी एड्स, सञ्चार र समाज, प्रकृति संरक्षण तथा जलवायु परिवर्तन, सार्वजनिक संस्थान एवम् ज्ञान, सामाजिक परिवर्तन तथा गतिशीलता, सामाजिक समावेशिता एवम् बहिस्करण, हिंसा र मानवअधिकारजस्ता विषयमा हुने छलफल महत्वपूर्ण हुने ठानेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us