राष्ट्रपति चुप लागेर बस्नु घातक

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १३:०३ मा प्रकाशित

narayan man bijukchheभक्तपुर, ३० मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपति आफैं चुप लागेर बस्नु देशका लागि घातक हुने बताएका छन् ।

राष्ट्रपतिबारे विवाद सिर्जना भएको अहिलेको अवस्थामा राजनीतिक अन्योलताको अन्त्यका लागि राष्ट्रपतिले नै मध्यमार्गीको भूमिका निर्वाह गरेर अगाडि बढ्नु पर्ने उनले बताए ।

भक्तपुरको छालिङ गाविसमा बोल्दै नेता बिजुक्छेले निर्वाचनको परिणामपछि आत्तिएका केही दलले निर्वाचन परिणामको विषयलाई लिएर उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको बताए ।

उनले भने, ‘विदेशीको हस्तक्षेप बढ्दो छ, फेरि पनि विदेशीको तालमा नै दलहरुले नाचिरहने र राष्ट्रपति एवम् प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा अल्झेर बसै जनताले फेरि पनि संविधान पाउँदैन ।’

उनले अबका दिनमा पनि विभिन्न बहानामा राजनीतिक दलहरु अलमलिने हो भने फेरि पनि संविधान नबन्ने ठोकुवा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us