
काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादी नेतृत्वको प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनको एक पार्टी संविधानसभामा जाने भएको छ ।
राजेन्द्र महतोको सद्भावना पार्टीले संविधासभामा जाने निर्णय लिएको हो । निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगको गठन गर्न माग गरेको सदभावना गठबन्धनको निर्णय विपरित संविधानसभामा जान लागेको हो ।
सो पार्टीले बुधबारसम्म समानुपातिक सभासदको टुंगो लगाएर निर्वाचन आयोगमा सिफरिस गर्ने तयारी गरेको छ । सद्भावनाले समानुपातिकमा ५ सिट पाएको छ ।