‘अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तो हुन दिन्नौं’

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १०:३६ मा प्रकाशित

KP-Oliकाठमाण्डु, २८ मंसिर– एमालेका नेता केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक मूल्यमान्यता अनुसारको संविधान बनाउनुपर्ने भन्दै पहिचानको नाममा संविधान नबन्ने बताएका छन् ।

उनले भने, ‘आफ्नो अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तै देश टुक्राउन दिन्नाैँ, पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ, नुपर्छ ।’ यद्यपी संविधान र सरकारलगायत विषयमा नेपाली काँग्रेस र एमाले जिम्मेवार बन्दै सहकार्यका सही आधार तय गरेर सबैलाई मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘नेपाली जनताले निर्वाचनमार्फत काँग्रेस र एमालेलाई प्रमुख भूमिका खेल्ने जम्मेवारी दिएका छन्, त्यसैले दुवै दल सहमति र सहकार्यका साथ हिँड्नु अनिवार्य छ’, ओलीले उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ काठमाण्डु शाखाद्वारा शुक्रबार आयोजित नयाँ संविधान लेखनमा पत्रकारको भूमिका र सुरक्षा विषयक कार्यक्रममा नेता ओलीले जनताका अधिकार सुनिश्चित गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने तथा मुलुकलाई आर्थिक समृद्धितर्फ लाने गरी लोकतान्त्रिक मूल्यमान्यताअनुसार संविधान बनाइने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us