टोखामा ईभी माइक्रो र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २५ गते १३:३७ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डूको टोखामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योन्जन रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

काठमाण्डूको टोखा नगरपालिका–६ ग्रान्डीमा नजिकै मंगलबार बा.प्र ०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२–०४४ प ६४०५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटना भएलगत्तै योन्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनलाई चिकित्सकहरूले मृत घोषित गरे ।

साथै ईभी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us