सोविताको प्रश्नः मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने ?

काठमाण्डु टुडे २०८२ असार २५ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, २५ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको स्पष्ट पारेकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद गौतमले यस्तो बताएकी हुन ।

उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्‍याइन् । ‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ ।

चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्,‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us