एमालेलाई अनैतिक तर्क नगर्न काँग्रेस महामन्त्रीको चुनौती

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ८:०० मा प्रकाशित

काठमाण्डु २९ मंसिर–काँगेस महामन्त्री प्रकाशमान सिंहले अनैतिक र अराजनीतिक तर्क नगर्न एमालेका नेताहरुलाई चुनौती दिएका छन । एमालेका नेताहरुले आफूहरु काँग्रेस जत्तिकै समानान्तर शक्ति भएको अभिव्यक्ति दिएको सन्दर्भमा सिंहले त्यस्तो चुनौती दिएका हुन । Prakash-Man-Singh
काठमाण्डुको क्षेत्र नम्बर १ स्थित बिजुलीबजारमा शनिवार मतदाता सम्पर्क कार्यालयमा नेता सिंहले भने ‘एमाले कसरी काँग्रेसको समानान्तर शक्ति हुन सक्छ? एमालेका नेताहरुले समानान्तर शक्ति भन्नु अनैतिक र अराजनीतिक तर्क हो । एमालेका नेताहरुले यस्तो दावी गरेर हिडन मिल्दैन ।’ काँग्रेस पहिलो र एमाले दोस्रो पार्टीको स्मरण गराउँदै सिंहले जनताको अभिमतको सम्मान गर्न एमाले नेताहरुलाई आग्रह गरे । संबिधानसभा निर्वाचनमा काँग्रेसले प्रत्यक्ष तर्फ एक सय पाँच र समानुपातिक तर्फ ९१ सिट प्राप्त गरेको छ भने एमालेले प्रत्यक्ष तर्फ ९१ सिट र समानुपातिक तर्फ ८४ सिट प्राप्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us