संविधानमा ध्यान लगाउन कानुन व्यवसायीको आग्रह

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:१० मा प्रकाशित

Nepal-Bar-Associationचितवन, २५ मंसिर– कानुन व्यवसायीहरुले लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न राजनीतिक दल र तिनका नेताहरूलाई आग्रह गरेका छन् ।

चितवनमा मंगलबार सुरु भएको नेपाल बार एसोसिएसनको ४१ औं राष्ट्रिय कार्यकारणी परिषद् बैठकमा बोल्दै कानुन व्यवसायीले यस्तो बताएका हुन् । अहिले नयाँ संविधान निर्माणको प्रक्रियामा विवाद सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै कानुन व्यवसायीले सत्तास्वार्थ त्याग्नसमेत दलहरूलाई आग्रह गरेका छन् ।

बैठकको उद्घाटनका क्रममा वरिष्ठ अधिवक्ता देवेन्द्र सिंहले जसले जिते पनि नेपालीले जितेको हो भन्ने धारणाका साथ नयाँ संविधान निर्माणमा केन्द्रित हुन असन्तुष्ट दलहरूलाई आग्रह गरे ।

बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले सत्ता स्वार्थले देश बिँग्रिदै गएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थमा लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा वरिष्ठ अधिवक्ताहरु विजय मिश्र, रमण श्रेष्ठ, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले चाँडै लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us