
काठमाण्डु, २५ मंसिर–संविधानसभा निर्वाचन पछि दलहरुबीच शक्ति बाँडफाँटको गृहकार्य जारी रहेकोबेला पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । उनी तीन साता लामो भ्रमणको लागि नयाँदिल्ली जान लागेका हुन् ।
पत्नी कोमलसहित आउँदो पुस सात गते भारत जाने कार्यक्रम तय भएको उनी निकट स्रोतले जनाएको छ । त्यसअघि पुस १ गते बुहारी हिमानी दिल्ली जाने छिन् । हिमानीको साथमा छोरा ज्ञानेन्द्र र छोरी कीर्तिका पनि दिल्ली जाने स्रोतले जनाएको छ ।
भ्रमणको क्रममा राजनीतिक भेटवार्ता नहुने उनका सहयोगीहरुले दावी गरेका छन् । ‘भ्रमण नितान्त पारिवारिक भएकोले राजनीतिक भेटवार्ता हुदैन,’ एक सहयोगीले भने ।
नयाँदिल्लीमा हालै भएको विधानसभा चुनावमा नेपालको राजावादी पार्टी राप्रपा नेपालको एजेण्डामा नैतिक समर्थन जनाउने भारतीय जनता पार्टी सबैभन्दा ठूलो पार्टी भएको सन्दर्भमा हुन लागेको पूर्वराजाको भ्रमणलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् ।