
सिरहा, १४ असार– सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवक रहस्यमय तरिकाले मृत फेला परेका छन् ।
४३ वर्षीय अजय महरा शनिबार बिहान गाउँदेखि केही पर रहेको आँपको बगैँचामा मृत अवस्थामा फेला परेका हुन् ।
शव मुलिफ अलि मन्सुरको जमिनमा रहेको रुखमुनि लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घाँटीमा गम्छा कसिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने आशंका प्रहरीको छ । सिरहा प्रहरी प्रवक्ता, डिएसपी वीरेन्द्रकुमार पासवानले शवको अवस्थाका आधरमा हत्या भएको आशंका गरे ।
बिहान आँप बगैंचामा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान थालिएको डीएसपी पासवानले बताए ।