
काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र व्यक्तिगत गालीगलौजविरुद्धको अभियानमा समर्थन जनाएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिहा फेसबुकमार्फत चौहान र अधिकारीलाई ‘साहसी छोरी’ को संज्ञा दिँदै उनीहरुले थालेको अभियानमा समर्थन जनाएका हुन् ।
जे को पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउन दुई दुई गायिकाले थालेको तरिका ठीक लागेको उनले ओलीले बताए ।
उनीहरुले सामाजिक सञ्जालबाट हुने चरित्र हत्याविरुद्ध ‘डिजिटल प्रतिरोध अभियान’ घोषणा गरेका थिए ।
आफ्नो व्यक्तिगत जीवनबारे सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरुको आईडी सार्वजनिक गर्दै उनीहरुले ‘डिजिटल प्रतिरोध अभियान’ चलाएका हुन् ।
‘समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो’, ओलीले लेखेका छन् ।
समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।