राप्रपा नेपालको कार्यालयमा दिनदिनै आगजनी

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:३३ मा प्रकाशित

raprapa nepalझापा, २५ मंसिर– समानुपातिकतर्फ सभासद सिफारिस गर्दा षडयन्त्रपूर्ण रुपमा नाम हटायएको भन्दै राप्रपा नेपालको क्षेत्रीय तथा दमक नगर समितिको कार्यालयमा आगजनी गरिएको छ ।

पार्टीले समानुपातिकतर्फको झापा–७ बाट सिफारिस गरिएका घनेन्द्रराज सुब्बाको नाम अन्तिम समयमा आएर षडयन्त्रपूर्वक हटाइएको भन्दै पार्टीका भ्रातृ सङ्गठन युवा मोर्चाले कार्यालयमा आगजनी गरेको हो । सोमबार मकवानपुरमा पनि राप्रपा नेपालका युवाहरुले सभासद नबनाएको भन्दै आगजनी गरेका थिए ।

दमक–१२ स्थित पार्टी कार्यालय तोडफोड गरी आगजनीपछि नाम नसच्याइए थप आन्दोलन गर्ने चेतावनी दिँदै युवाहरुले कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् ।

पार्टीका भ्रातृ सङ्गठनको युवा मोर्चाको अगुवाइमा पार्टीको युवा सङ्गठनका नगर अध्यक्ष विक्रम सुब्बाको नेतृत्वमा गएको १०० भन्दा बढीको समूहले कार्यलय तोडफोड गरेका थिए ।

पार्टीले झापाबाट भक्तबहादुर विकको नाम समानुपातिकमा सिफारिस गरेको थियोे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us