
काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीले जनयुद्धकालीन समयमा भएको घटनाको अभियोगमा परशुराम पौडेललाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पौडेललाई पक्राउ गरिएकोमा विरोध गर्दै नेकपा–माओवादीले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा पार्टी अध्यक्ष मोहन वैद्यले वृहत् शान्ति सम्झौताको मर्म विपरीत युद्धका मुद्धाहरुलाई बिउँताएको भन्दै विरोध जनाएका हुन् ।
‘त्यसप्रकारको द्वन्द्वकालीन मुद्दालाई खारेज गरिनुको सट्टा उल्टो पुनरावृत्ति गरेर जसरी गिरफ्तार गरिएको छ, त्यसको हाम्रो पार्टी घोर विरोध एवं भत्र्सना गर्दछ र गिरफ्तार गरिएका क. परशुराम पौडेललाई अविलम्ब रिहाई गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा–माओवादीको विज्ञप्ति–