काठमाण्डु, ५ जेठ– भारतमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका नरेन्द्र मोदीले आफू नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पक्षमा रहेको बताएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको दल भारतीय जनता पार्टीले एकल बहुमत ल्याएलगत्तै ट्वीटरमार्फत उनले नेपालसँगको सम्बन्ध सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन्...
काठमाण्डु, ४ जेठ – भारतको गुजरातमा भएको सडक दुर्घटनामा १० जनाको ज्यान गएको छ । राष्ट्रिय राजमार्गमा एक ट्रकले अरु ३ वटा सवारी साधनलाई ठक्कर दिदाँ ८ जना घाइते भएका गुजरात प्रहरीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । स्टीलका पाइप राखेर ल्याइरहेको ट्रक अनियन्त्रित भएर...
काठमाण्डु, ४ जेठ – भियतनाममा चीन विरोधी हिंसात्मक घटना बढेपछि त्यहाँ रहेका सबै चीनियाँ नागरिकलाई स्वदेश फर्काइने भएको छ । दंगाग्रस्त भियतनामबाट आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउन चीनले ५ वटा जहाज पठाउने घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । चीनले यसअघि नै...
–सुरेन्द्रबहादुर नेपाली काठमाडौँ, ३ जेठ – भारतको सङ्घीय संसदको तल्लो सभा लोकसभाको निर्वाचन परिणामको घोषणासँगै भारतीय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । लोकसभाको यो सोह्रौँ निर्वाचनले दशकयता देखिको भारतीय काँग्रेसको नेतृत्वमा परिवर्तनमात्र नभई नयाँ राजनीतिक यात्राकै थालनीको सम्भावनालाई पनि बढाइदिएको छ । दक्षिण...
काठमाण्डु , ३ जेठ – बङ्गलादेशमा बिहीबार डुङ्गा दुर्घटनामा परी हराइरहेका मध्ये ४५ जनाको शव प्राप्त भएको समाचार छ । गत बिहीबार अपरान्ह सो डुङ्गा डुबेको थियो । त्यसमा परी सयभन्दा बढी हराएको बताइएको थियो । हराइरहेकाको उद्वारकार्य जारी रहेको ढाका प्रहरीले जनाएको छ...
काठमाण्डु, २ जेठ – भारतीय जनता पार्टीद्वारा आगामी सरकारको प्रधानमन्त्रीका लागि अघि सारिएका नेता नरेन्द्र मोदीले भारतीय नागरिकहरुमा अब खुशीका दिन आउन लागेको बताएका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् – अब खुशीका दिन आउदैछन्, अब भारतीय नागरिकमा खुसिका दिन आउदैछन् ।...
काठमाण्डु, २ जेठ– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले चुनावी मत परिणाम भाजपाको बहुमतको पक्षमा हुन थालेपछि राजीनामा दिने भएका छन् । नेपाली समयअनुसार पौने तीनमा राष्ट्रपति समक्ष राजीनामा बुझाउने भएका छन् । प्रधानमन्त्री सिंहले भाजपाको शानदार जीत भएको भन्दै नरेन्द्र मोदीलाई बधाइ दिएका छन् । त्यस्तै,...
काठमाण्डु, ३ जेठ– भारतको १६ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी)ले इतिहास रचेको छ । भाजपा एक्लैले लोकसभामा बहुमत ल्याएर तीस वर्षको रेकर्ड तोडेको छ । नरेन्द्र मोदीको प्रधानमन्त्री उम्मेदवारीपछि आएको लहरले बिजेपीले नयाँ उचाई लिएको छ । बिजेपी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत...
काठमाण्डु , १ जेठ – म्यानमारमा सन् २०१४ को सुरुको चार महिनामा विदेशी राष्ट्रको लगानीमा वृद्धि भएका समाचार छ । म्यानमारमा सो अवधिमा २.२१ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएको छ । विदेशी लगानीको प्रमुख प्राथमिकता सञ्चार र...
काठमाण्डु , १ जेठ – इजिप्टका पूर्व इस्लामिक राष्ट्रपति मोहमद मोर्सीका समर्थक र विरोधीबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको इजिप्टका सुरक्षा अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पूर्व राष्ट्रपति मोर्सी समर्थकका एक समूहलाई लक्ष्यगरी सुरु भएको यस हिंसाको कारण चार व्यक्तिलाई सैनिकले नियन्त्रण...
काठमाण्डू, ३१ वैशाख– भारतको आन्ध्रप्रदेश राज्यको राजधानी हैदरावादमा दुई समूदायका बीच भएको झडपका क्रममा तीन जनाको मृत्यू भएको छ । अरु १० जना घाईते भएका छन् । कथित रुपमा धार्मिक झण्डा जलाईएको भन्ने विषयमा दुई समूदायबीच झडप भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा...
काठमाण्डु , ३० वैशाख – भारतमा जारी आमनिर्वाचनमा मतदानसँग सम्बन्धित घटनामा पश्चिम बङ्गालमा सोमबार कम्तीमा २० व्यक्ति घाइते भएको समाचार छ । सत्तारुढ दल काँग्रेस पार्टी र विपक्षी कम्युनिस्ट पार्टी अफ इन्डियाका सदस्यबीच भएको भडपमा ती २० व्यक्ति घाइते भएको बताइएको छ । सो...