
काठमाण्डु, २ जेठ– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले चुनावी मत परिणाम भाजपाको बहुमतको पक्षमा हुन थालेपछि राजीनामा दिने भएका छन् ।
नेपाली समयअनुसार पौने तीनमा राष्ट्रपति समक्ष राजीनामा बुझाउने भएका छन् । प्रधानमन्त्री सिंहले भाजपाको शानदार जीत भएको भन्दै नरेन्द्र मोदीलाई बधाइ दिएका छन् ।
त्यस्तै, भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पनि उनलाई बधाई दिएका छन् । उनले भने, ‘ यो जीत भ्रष्टचार, कुप्रशासन, महंगी र वंशवादको विरुद हो । ’
पछिल्लो मत परिणाम अनुसार भारतीय जनता पार्टीले एक सय १४ सिट जितिसकेको छ । दुई सय २२ मा अगाडी रहेको छ । कांग्रेसले १२ सिट हात पारेकाे छ । ५५ ठाँउमा अगाडी रहेको छ । त्यस्तै आम आदमीले पनि दुइ सिट हात पारेको छ । अन्य दलले २८ सिट जितेका छन् ।