खुसीका दिन आउदैछन्– मोदी

काठमाण्डु टुडे २०७१ जेठ २ गते १०:०५ मा प्रकाशित

modiकाठमाण्डु, २ जेठ – भारतीय जनता पार्टीद्वारा आगामी सरकारको प्रधानमन्त्रीका लागि अघि सारिएका नेता नरेन्द्र मोदीले भारतीय नागरिकहरुमा अब खुशीका दिन आउन लागेको बताएका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् – अब खुशीका दिन आउदैछन्, अब भारतीय नागरिकमा खुसिका दिन आउदैछन् ।

उनको दलले भारतमा बहुमत हासिल गर्नेतर्फ उन्मुख भइरहेका बेला शुक्रबार मध्यान्ह उनले सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ । यो उनको दलले विजयउन्मुख भएपछिको पहिलो प्रतिक्रिया हो– सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले जितेको छ, खुशीका दिन आउदैछन्– मोदीले आफ्नो ट्वीटर एकाउन्टमा शुक्रबार मध्यान्ह लेखेका छन् ।

उनले गुजरातमा रहेकी आफ्नी आमासँग आशिर्वाद लिन जानुअघि ट्वीटर अकाउन्टमार्फत सो प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । गुजरात उनको गृह नगर हो । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us