आन्द्र प्रदेशमा भएको दंगामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ३१ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– भारतको आन्ध्रप्रदेश राज्यको राजधानी हैदरावादमा दुई समूदायका बीच भएको झडपका क्रममा तीन जनाको मृत्यू भएको छ । अरु १० जना घाईते INDIAभएका छन् ।
कथित रुपमा धार्मिक झण्डा जलाईएको भन्ने विषयमा दुई समूदायबीच झडप भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यू भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाईते हुने मध्ये प्रहरी पनि छन् । हैदरावादको पुरानो शहर किशनवागमा घट्ना भएको र त्यसपछि अशान्त भएको राजेन्द्र प्रहरी स्टेशन आसपासको क्षेत्रमा अनिश्चितकानली कफ्र्यू जारी गरिएको समाचारमा उल्लेख छ । झडपका क्रममा केही घरमा समेत आगजनी भएको छ ।

प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र शान्तिवहालीको प्रयास जारी रहेको बताएको छ । आन्ध्र प्रदेशमा अहिले राष्ट्रपति शासन चलिरहेको छ । राज्यपाल नरसिम्हनले प्रहरी अधिकारीसँग छलफल गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us