बङ्गलादेशमा डुबेको डुङ्गाका ४५ शव प्राप्त

काठमाण्डु टुडे २०७१ जेठ ३ गते १२:५२ मा प्रकाशित

काठमाण्डु , ३ जेठ – बङ्गलादेशमा बिहीबार डुङ्गा दुर्घटनामा परी हराइरहेका मध्ये ४५ जनाको शव प्राप्त भएको समाचार छ ।

गत बिहीबार अपरान्ह सो डुङ्गा डुबेको थियो । त्यसमा परी सयभन्दा बढी हराएको बताइएको थियो । हराइरहेकाको उद्वारकार्य जारी रहेको ढाका प्रहरीले जनाएको छ ।

अधिकारीहरुले शनिबार बिहानसम्ममा ४५ वटा शव भेटिएको जानकारी दिएका छन् । अन्य हराइरहेका व्यक्तिको खोजीका लागि पनि व्यापक मात्रामा उद्वारकर्ताहरु परिचालन गरिएको बताइएको छ ।

बङ्गलादेशको राजधानी ढाकादेखि ५० किलोमिटर दक्षिणपूर्वमा पर्ने मध्य भागमा सोे डुङ्गा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीहरुले सो दुर्घटनामा करिब २ सय व्यक्ति परेका जनाएका थिए । तरपनि त्यसमा पर्ने यात्रुहरुको सङ्ख्या अझै यकिन नभइसकेको प्रहरीले शनिबार जानकारी दिएको छ ।

सुरुमा दिइएको जानकारीअनुसार उक्त डुङगामा ३५० यात्रु सवार रहेका थिए । तर त्यसका बारेमा विभिन्न सूचनाहरु आइरहेका छन् ।

यस दुर्घटना भएको त्यस मेघना नदीमा यसअघि पनि गतवर्ष डुङ्गा डुबेको थियो । त्यसमा परी ५० भन्दा बढीको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us