
काठमाण्डु, ४ जेठ – भारतको गुजरातमा भएको सडक दुर्घटनामा १० जनाको ज्यान गएको छ ।
राष्ट्रिय राजमार्गमा एक ट्रकले अरु ३ वटा सवारी साधनलाई ठक्कर दिदाँ ८ जना घाइते भएका गुजरात प्रहरीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । स्टीलका पाइप राखेर ल्याइरहेको ट्रक अनियन्त्रित भएर अरु सवारी साधनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ट्रकका चालकको समेत ज्यान गएको छ । भारतमा सडक दुर्घटनाको दर उच्च छ भने आधिकारिक तथ्यांकका अनुसार त्यहाँ हरेक वर्ष झण्डै १ लाखले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।