बेइजिङ, ११ जेठ – दक्षिण चीनमा भारी वर्षापछि आएको बाढीको कारण कम्तीमा १५ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । उक्त प्रकोपका कारण पाँच व्यक्ति हराइरहेका स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । गत बुधबारदेखि सुरु भएको यस बाढीका कारण गुआङ्गडोङ्ग प्रान्तको...
काबुल, ११ जेठ – अफगान सुरक्षाबलले गत २४ घण्टाभित्र अफगानिस्तानमा जारी राखेको कारबाहीको क्रममा ४७ तालिवान आतङककारीको मृत्यु भएको गृह मन्त्रालयले आइतबार जनाएको छ । अफगान सैनिक, प्रहरी र गुप्तचर निकायका सदस्यहरुको सहभागितामा अफगानिस्तानको कयौं स्थानमा गरिएको कारबाहीको क्रममा ४७ सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु...
पाकिस्तान, ११ जेठ – दक्षिण– पश्चिम पाकिस्तानमा अवस्थित एक स्थानीय सुरक्षा जाँचचौकीमा बन्दुकधारीको एक समूहले गरेको आक्रमणमा कम्तीमा आठ प्रहरीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । सो घटना वलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटादेखि ३५० किलोमिटर दक्षिण–पश्चिम खुदार जिल्लाको वादा क्षेत्रमा भएको जनाइएको छ ।...
काठमाण्डु, १० जेठ– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने भएका छन् । मोदीले आगामी मंगलबार हुने सपथ ग्रहण समारोहमा सहभागी हुन पठाएको निम्तो पाकिस्तानले औपचारिक रुपमा शनिबार स्वीकार गरेको हो । भारतबाट अलग भएपछि पाकिस्तान भारतका...
काठमाण्डु, ९ जेठ– थाईल्याण्डको सेनाले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पक्राउ गरेको छ । सेनाले शासन सत्ता नियन्त्रणमा लिएको एक दिनपछि शुक्रबार पूर्वप्रधानमन्त्री यिङलकलाई पक्रेको हो । यिङलकसँगै उनका परिवारका केही सदस्यसमेत पक्राउ परेको बीबीसीले जनाएको छ । उनलाई पक्राउ गर्नुअघि केही घण्टा नियन्त्रणमा लिएर अज्ञात...
नयाँदिल्ली, ९ जेठ– आमआदमी पार्टीका संयोजक एवम् नयाँदिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल थप १४ दिन जेल बस्ने भएका छन् । १० हजार भारु धरौटी तिर्न अस्वीकार गरेका कारण केजरिवाललाई थप १४ दिन जेलमा राख्न निर्देशन दिएको हो । केजरीवाल आगामी जुन ६ सम्म जेलमा हुनेछन्...
काठमाण्डु , ९ जेठ – अफगानिस्तानको हेरात प्रान्तमा रहेको भारतीय कन्सुलेटमा हतियारधारीले शुक्रबार आक्रमण गरेका छन् । शुक्रबार एकाबिहानै सो कन्सुलेटमा हमला गरिएको समाचारमा जनाइएको छ । सो आक्रमण तालिवानहरुले गरेको अनुमान गरिएको छ । सो आक्रमणमा मानवीय हताहति भने भएको छैन । अफगानिस्तानको...
काठमाण्डु, ९ जेठ – थाइल्यान्डको सैनिक सरकारले त्यहाँका राजनीतिक दलका नेताहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको समाचार छ । त्यहाँको सैनिक सरकारले शुक्रबार सो सूचना जारी गरेको छ । सैनिक सरकारले राजनीतिक दलका नेताहरुलाई सरकारको सहमति बिना देशबाहिर जान प्रतिबन्ध लगाएको जनाइएको छ । थाइल्यान्डमा...
काठमाण्डु, ८ जेठ – थाइल्याण्डमा सेनाले संविधान निलम्वन गर्दै सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । सेना प्रमुखले एक टेलिभिजनमा बोल्दै सेनाले शान्ती पुर्नबहाली गरी राजनीतिक सुधार गर्ने बताएका छन् ।सेनाले सत्ता हातमा लिएको घोषणा संगै राती १० बजे बाट बिहान ५ बजे...
काठमाण्डु, ८ जेठ – दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईले बिहीबार नयाँ प्रधानमन्त्रीको नियुक्ति गरेकी छन् । राष्ट्रपतिले प्रधानमन्त्री पदमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश आन डाई हिलाई नियुक्त गरेकी हुन् । गत महिना दक्षिण कोरियामा भएको डुङ्गा दुर्घटनामा सयौँ व्यक्तिले ज्यान गुमाएपछि त्यहाँका तत्कालीन...
काठमाण्डु , ८ जेठ – चीनका राष्ट्रपति सि जिनपिङ्गले आतङ्ककारीलाई कडा सजाय दिने प्रण गरेका छन् । बिहीबार बिहान चीन उरुम्की प्रान्तमा भएको भीषण विस्फोटन पछि सो प्रतिज्ञा गरेको जनाइएको छ । उत्तरपश्चिम चीनको सिन्जीआङ्ग प्रान्तको प्रान्तीय राजधानी उरुम्कीको एक बजारमा भएको आतङ्ककारी आक्रमणमा...
काठमाण्डु, ८ जेठ – युक्रेनको सीमा क्षेत्रमा रहेका आफ्ना सेना र विभिन्न उपकरण फिर्ता ल्याइएको बिहीबार रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ । सेना र उपकरणलाई चार वटा रेल र एक दर्जनभन्दा बढी विमानमा सीमा क्षेत्रबाट फिर्ता ल्याइएको सो मन्त्रालयले जनाएको हो । रसियाली...