कारबाहीमा ४७ आतङ्ककारीको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ११:०९ मा प्रकाशित

काबुल, ११ जेठ – अफगान सुरक्षाबलले गत २४ घण्टाभित्र अफगानिस्तानमा जारी राखेको कारबाहीको क्रममा ४७ तालिवान आतङककारीको मृत्यु भएको गृह मन्त्रालयले आइतबार जनाएको छ ।

अफगान सैनिक, प्रहरी र गुप्तचर निकायका सदस्यहरुको सहभागितामा अफगानिस्तानको कयौं स्थानमा गरिएको कारबाहीको क्रममा ४७ सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु भएको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफागानिस्तानका नान्गार्हार, लाघमान, बादख्सान, कान्दाहार जाबुल वार्दाक लोगार र गजनी प्रान्तमा गरिएको सो कारबाहीमा अन्य १२ तालिवान घाइते हुनुको साथै तीन पक्राउ परेका गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको र सुरक्षाबलले भारी सङ्ख्यामा विस्फोटक पदार्थ र हातहतियार कब्जा गरेको जनाइएको छ ।

यस सुरक्षा कारबाहीको विषयमा अफगानिस्तानमा एक दशकभन्दा बढी समयदेखि युद्धरत तालिवान आतङ्ककारी समूहले भने केही पनि टिप्पणी गरेका छैनन् ।

यस वर्षको अन्त्यसम्ममा नेटोसँगआवद्ध सबै सैनिकले अफगानिस्तान छोड्ने नेटोसँग आवद्ध सबै देशहरुले निर्णय गरिसकेका हुनाले देशमा सुरक्षाका जिम्मेवारीमा अफगान सुरक्षाबललाई अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us