पूर्वप्रधानममन्त्री यिङलक थाई सेनाको नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १५:११ मा प्रकाशित

Yingluck-Shinawatraकाठमाण्डु, ९ जेठ– थाईल्याण्डको सेनाले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पक्राउ गरेको छ ।
सेनाले शासन सत्ता नियन्त्रणमा लिएको एक दिनपछि शुक्रबार पूर्वप्रधानमन्त्री यिङलकलाई पक्रेको हो । यिङलकसँगै उनका परिवारका केही सदस्यसमेत पक्राउ परेको बीबीसीले जनाएको छ । उनलाई पक्राउ गर्नुअघि केही घण्टा नियन्त्रणमा लिएर अज्ञात स्थलमा लगिएको बताइएको छ ।

बिहीबार सैनिक ‘कू’ गरेका सेना प्रमुख जेनेरल प्रयुथ चानओचाले यिङलकलाई पक्रनुअघि केही नेताहरुसँग परामर्श गरेका थिए । उनले बैंककस्थित आर्मी क्लबमा गभर्नर, व्यापारी नेता र सरकारी अधिकारीलाई सामूहिक भेटघाट गरेका थिए ।

अदालतले पदको दुरुपयोग गरेको आरोपमा पद छाड्न निर्देशन दिएलगत्तै केही साताअघि सिनावात्राले पद त्याग गरेकी थिइन् । यसैबीच थाई सेनाले सत्ता सञ्चालनका लागि सेनाका ६ जना वरिष्ठ अधिकारीलाई तोकेको छ । सेनाका प्रान्तीय कमाण्डरले स्थानीय सरकार समेत सञ्चालन गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us