
नयाँदिल्ली, ९ जेठ– आमआदमी पार्टीका संयोजक एवम् नयाँदिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल थप १४ दिन जेल बस्ने भएका छन् ।
१० हजार भारु धरौटी तिर्न अस्वीकार गरेका कारण केजरिवाललाई थप १४ दिन जेलमा राख्न निर्देशन दिएको हो ।
केजरीवाल आगामी जुन ६ सम्म जेलमा हुनेछन् । भाजपा नेता नितिन गड्करीलाईले आफूमाथि भ्रष्टाचारी आरोप लगाएको भन्दै दिएके उजुरीका आधारमा केजरिवाल पक्राउ परेका थिए ।
उनलाई १० हजार धरौटी बुझाएर छाड्न अदालतले केही बुधबार आदेश दिएको थियो । यसैबीच अदालतले केजरीवाललाई कानुन नबुझ्ने व्यक्ति भनेको छ । यद्यपि केजरीवाललाई आरोपीका रुपमा नभई धरौटी मागिएको स्पष्ट गरेको हो ।
यसअघि पनि अदालतले मागेको धरौटी बुझाउन अस्वीकार गर्दा उनलाई दुई दिन हिरासतमा राख्न आदेश दिइएको थियो ।