थाइल्याण्डमा सैन्य ‘कू’ सँगै ‘निषेधाज्ञा’ जारी

काठमाण्डु टुडे २०७१ जेठ ८ गते १३:१० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – थाइल्याण्डमा सेनाले संविधान निलम्वन गर्दै सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।

thailandसेना प्रमुखले एक टेलिभिजनमा बोल्दै सेनाले शान्ती पुर्नबहाली गरी राजनीतिक सुधार गर्ने बताएका छन् ।सेनाले सत्ता हातमा लिएको घोषणा संगै राती १० बजे बाट बिहान  ५ बजे सम्म ‘निषेधाज्ञा’ पनि जारी गरेको छ ।

सेनाले विपक्षी दलका नेता सुथेप थागसुवनसहितका नेताहरुलाई कुराकानी भइरहेको स्थलबाट अन्यत्र लगिएको छ ।

सेना प्रदर्शनकारीहरुको शिविरतर्फ अघि बढेको बीबीसीले जनाएको छ । 

विगत केहि महिनादेखि थाइल्याण्डमा राजनीतिक अस्थिरता बढिरहेको थियो । मङ्गलबार सेनाले ‘मार्सल ल’ लागू गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us