युक्रेनबाट रसियाली सेना फिर्ता

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – युक्रेनको सीमा क्षेत्रमा रहेका आफ्ना सेना र विभिन्न उपकरण फिर्ता ल्याइएको बिहीबार रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सेना र उपकरणलाई चार वटा रेल र एक दर्जनभन्दा बढी विमानमा सीमा क्षेत्रबाट फिर्ता ल्याइएको सो मन्त्रालयले जनाएको हो ।

रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनले त्यहाँ रहेको सेनालाई आफ्नो शिविरमा फर्कन आदेश दिनु भएपछि ती सैनिकलाई हातहतियारसहित फिर्ता गरिएको छ ।

पुटिनले युक्रेनको सीमामा रहेका आफ्ना सेनालाई फिर्ता आउन आदेश दिइएको गत सोमबार नै घोषणा गरेका थिए ।

रसियाले युक्रेनको सीमानजिकै सैनिक अभ्यास अन्त्य गर्न आदेश दिइएको बताएको थियो । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us