
काठमाण्डु , १ जेठ – म्यानमारमा सन् २०१४ को सुरुको चार महिनामा विदेशी राष्ट्रको लगानीमा वृद्धि भएका समाचार छ ।
म्यानमारमा सो अवधिमा २.२१ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएको छ ।
विदेशी लगानीको प्रमुख प्राथमिकता सञ्चार र यातायातमा बढी रहेको जनाइएको छ ।
यातायात र सञ्चार क्षेत्रमा १.३४ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी रहेको सो स्रोतले जानकारी दिएको छ ।
बाँकी रकम विभिन्न निर्माण क्षेत्र, जग्गा जमिन, होटेल र पर्यटन व्यवसायमा लगानी भएको बताइएको छ ।
चीन सबभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रुपमा रहेको र चीनले म्यानमारमा सो अवधिमा १४ अर्र्ब अमेरिकी डलर बराबरको रकम लगानी गरेको वताइएको छ ।
त्यसपछि थाइल्यान्डले १० अर्ब अमेरिकी डलर बराबरको रमक लगानी गरेको छ ।
सन् २०१३–२०१४ को डिसेम्बर महिनासम्म म्यानमारमा ७१ वटा विदेशी लगानीका परियोजना सञ्चालन हुने बताइएको छ ।
त्यसबाट ५० हजार ७५१ स्थानीय व्यक्तिका लागि कामको सिर्जना हुने पनि जनाइएको छ ।
एसिया विकास बैंकले हाल गरेको अनुमानअनुसार सन् २०१३–२०१४ मा म्यानमारको आर्थिक वृद्धि ७.५ प्रतिशत वृद्धि भएको छ ।
आगामी दुई वर्षसम्म वार्षिक रुपमा सो दर ७.८ प्रतिशत पुग्ने सो बैंकले अनुमान गरेको छ ।