मोदीले भने,– ‘नेपाल भारतको महत्वपूर्ण मित्र’

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ४:२२ मा प्रकाशित

 काठमाण्डु, ५ जेठ– भारतमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका नरेन्द्र मोदीले आफू नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पक्षमा रहेको बताएका छन् ।

modiहालै सम्पन्न लोकसभा निर्वाचनमा उनको दल भारतीय जनता पार्टीले एकल बहुमत ल्याएलगत्तै ट्वीटरमार्फत उनले नेपालसँगको सम्बन्ध सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएकामा नेपालका नेताहरुले दिएको बधाई तथा शुभकामनाको ट्विटरमार्फत जवाफ दिँदै उनले नेपाल भारतको असाध्यै पूरानो र महत्वपूर्ण मित्र भएको पनि बताएका छन् ।

‘नेपाल हाम्रो असाध्यै पूरानो र महत्वपूर्ण मित्र हो’, मोदीले भनेका छन्, ‘नेपालसँग विभिन्न क्षेत्रमा रहँदै आएको सम्बन्ध सुदृढ गर्न हामी प्रतिबद्ध छौं ।’

भावी प्रधानमन्त्री मोदीलाई राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी नेता बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us