मोर्सी समर्थक र विरोधीबीच झडप एकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १ गते ११:४० मा प्रकाशित

काठमाण्डु , १ जेठ – इजिप्टका पूर्व इस्लामिक राष्ट्रपति मोहमद मोर्सीका समर्थक र विरोधीबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको इजिप्टका सुरक्षा अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

 पूर्व राष्ट्रपति मोर्सी समर्थकका एक समूहलाई लक्ष्यगरी सुरु भएको यस हिंसाको कारण चार व्यक्तिलाई सैनिकले नियन्त्रण लिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

गत वर्षको जुलाई ३ का दिन राष्ट्रपति मोर्सी इजिप्टका सैनिकद्वारा अपदस्थ भएलगत्तै नजरबन्न्दमा पर्नु भएको थियो ।

सैनिक समर्थक सुरक्षाबलले मोर्सी समर्थक व्यक्तिहरूलाई लगातार दमन गर्ने गरेका छन् ।
गत जुलाई ३ पछि सैनिक कारबाहीमा प्रायः मोर्सी समर्थक व्यक्तिहरू एक हजार ४०० व्यक्तिको मृत्यु भईसकेको छ ।

त्यसैगरी मोर्सीका पार्टी मुस्लिम ब्रदरहुडका नेताहरूसहित १५ हजार व्यक्ति पक्राउ परेका जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us