कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ

२०७९ पुष ८ गते १६:४०

काठमाण्डु,८ पुस– लागुऔषध नियन्त्रण ब्यूरोले  काठमाण्डुको ठमेलबाट कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । ६ पुसमा ब्राजिलबाट दुबई हुँदै काठमाण्डु आएकी युक्रेनी महिलाको...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिए

२०७९ पुष ८ गते १६:२१

काठमाण्डु,८ पुस– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका छन । ४ मंसिरमा भएको निर्वाचनमा उनी धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका थिय ।...

एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको ग्रेड बृद्धिको परीक्षा दिनुपर्ने

२०७९ पुष ८ गते १६:१०

काठमाण्डु,८ पुस– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताएको छ । कर्यालयले सूचना जारी गर्दै २०७९ बैशाखमा ९ बाट सञ्चालन भएको एसईई परीक्षामा सी...

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

२०७९ पुष ८ गते १५:३१

काठमाण्डु,८ पुस– सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । अपरान्ह ४ बजेपछि बस्ने बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने भएका छन । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँ डफाँटका बारेमा...

बालेन लाई नफुट्ने मेटल तबला उपहार दिएको छु: केपी ओली

२०७९ पुष ८ गते १५:१८

काठमाण्डु,८ पुस– पुर्व प्रधानमन्त्री एमंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डु महानगरको मेयर बालेन्द्र शाह बालेनल लाई नफुट्ने मेटल तबला दिएको बताएका छन । ओलीले काठमाण्डु माहानगरको चुनाव जितेपछि बालेनलाई तबला उपहार दिएका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका...

वामपन्थीहरु एकजुट हुन आवश्यक छ:शंकर पोखरेल

२०७९ पुष ८ गते १४:३९

काठमाण्डु,८ पुस– एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । आज शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन । उनले भने, वामपन्थीहरु...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ

२०७९ पुष ८ गते १४:२५

काठमाण्डु,८ पुस– प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाण्डुको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाण्डुको ठमेल र एक जनालाई...

प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुन्छ: भण्डारी

२०७९ पुष ८ गते १४:११

काठमाण्डु,८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्ने बताएकी छन । भण्डारीले आज शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै यस्तो बताएकी हुन । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत...

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

२०७९ पुष ८ गते १३:४५

काठमाण्डु,८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा पुगेकी छिन् । आज शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत पुगेकी हुन् । जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी भएका छन...

१ वर्षीय बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु

२०७९ पुष ८ गते १३:१९

काठमाण्डु,८ पुस– बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ १ वर्षीय बालकको मृत्यु । बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टीमा डुबेर मूत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ...

गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको छ: प्रचण्ड

२०७९ पुष ८ गते १३:१२

काठमाण्डु,८ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन । उनले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका छन । राष्ट्रपतिले सरकार गठन...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा ३ जनाको मूत्यु

२०७९ पुष ८ गते १२:४८

काठमाण्डु,८ पुस– बाक्लो हुस्सु र शीतलहरीका कारण तराई–मधेसको जनजीवन कष्टकर बनेको छ । तराईंका जिल्लामा बाक्लो हुस्सु लाग्न सुरु गरेको छ । मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us