कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ८ गते १६:४० मा प्रकाशित

काठमाण्डु,८ पुस– लागुऔषध नियन्त्रण ब्यूरोले  काठमाण्डुको ठमेलबाट कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । ६ पुसमा ब्राजिलबाट दुबई हुँदै काठमाण्डु आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरीएको छ ।

काठमाण्डुको ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन आउने आरियालाई प्रहरीले पक्राउ गरेको हो । आरिया बैंककबाट काठमाण्डु आएकी हुन् ।

थाई नागरिक आरिया पुस ७ मा पक्राउ परेकी हुन् । ५ केजी ६ सय ग्राम कोकिनको बजार मूल्य १२ करोड ९ लाख छ । घटना बारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us