
जनकपुर, ६ जेठ- धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकले ज्यान गुमाएका छन् ।
कमला नगरपालिका-२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक रामबाकुका भाई श्यामबाबुका छोरा ५ वर्षीय रितिश साहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
१५ दिनअघि सडक बनाउन खनिएको खाल्डोमा पानी जमेको थियो ।
सँगै घरबाट खेल्न निस्किएका बालकहरु घर नफर्केपछि खोजी गर्दै जाँदा खाल्डोमा शव भेटिएको धनुषा प्रहरीले जनाएको छ ।