
काठमाण्डू, २९ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा दर्शकको उपस्थिति अत्यन्त न्यून देखिएको छ ।
५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए । आयोजकमध्येका एक व्यक्तिले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो ।’
हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली रहेका थिए । कार्यक्रममा सहभागीहरु पनि धैर्यपूर्वक बस्न सकेनन् । प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । प्रधानमन्त्री ओलीले छोटो समय मात्र मन्तव्य थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे लगायत सहभागी रहेका छन ।