
काठमाण्डू, ६ जेठ- नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले समयमै पुल निर्माण नगर्ने ठेकेदारलाई खोलामा गाड्ने चेतावनी दिएका छन् ।
बाराको पर्सौनी र कलैयालाई जोड्ने बंगरी नदीमाथि निर्माणाधीन पुल निर्माणकार्य १५ दिनभित्र नसके ठेकेदारलाई खोलामै गाड्ने चेतावनी दिएका हुन् ।
सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरूप्रसाद अधिकारीसहित मंगलबार पुल निर्माणस्थलको निरीक्षणमा गएका थिए । उक्त पुल निर्माणको ठेक्का १३ वर्षअघि इलाइटमोना जेभी कम्पनीले लिएको थियो ।
श्रेष्ठले चेतावनी दिइरहँदा उक्त कामको जिम्मेवारी लिएको कम्पनीका ठेकेदार मुकेश चौरसिया अगाडि नै थिए । श्रेष्ठले १३ वर्षसम्म पुल निर्माण नहुनु लज्जाको विषय भएको बताए ।