दुई मोटरसाइकल आपसमा ठोक्किए, दुवै चालकको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १९:३८ मा प्रकाशित

सर्लाही, ६ जेठ- सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

प्र३-०२-००६प ७८६८ र बा५६प५२६ नम्बरको मोटरसाइकल बागमती नगरपालिका-४ जिरायत बजारस्थित भित्री सडक खण्डमा मंगलबार अपराह्न ४ बजेको समयमा आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा रौतहट बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाण्डू महानगरपालिका-२३ बसन्तपुरका ३० वर्षीय विवेक मानन्धर छन् ।

मृतक दुवै मोटरसाइकल चालक रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

दुर्घटनामा मोटर साइकल पछाडि सवार भारत बिहारकी ३४ वर्षीया मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका -४ का ३२ वर्षीया चञ्चलदेवी साह गम्भीर घाइते छन् । घाइते दुवैलाई उद्धार गरी उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us