गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको छ: प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष ८ गते १३:१२ मा प्रकाशित

काठमाण्डु,८ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन । उनले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका छन । राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन ।

आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने बताएका छन ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’

प्रधानमन्त्री दिन कांग्रेस लचिलो हुँदै गएको प्रचण्डको बताएका छन । कांग्रेसले राष्ट्रपति लिने निश्चित जस्तै भइसकेको छ । अब प्रधानमन्त्री समेत पहिलो चरणमा नछाड्ने अडान लिएको छ ।

तर, माओवादी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिनेगरी समझदारी नगर्न प्रचण्डलाई दबाब दिएका छन् । अरु सत्ता बाहिरै बसेर पार्टी बनाउन लाग्न सांसदहरुले सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us