चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा ३ जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ पुष ८ गते १२:४८ मा प्रकाशित

काठमाण्डु,८ पुस– बाक्लो हुस्सु र शीतलहरीका कारण तराई–मधेसको जनजीवन कष्टकर बनेको छ । तराईंका जिल्लामा बाक्लो हुस्सु लाग्न सुरु गरेको छ । मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो।

एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो। तर बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार बढी प्रभावित हुने गरेका छन । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म ३ जनाको मूत्यु भएको छ ।

मूत्यु हुनेमा हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीका ३ जना रहेका छन । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ।

अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us