
काठमाण्डु,८ पुस– एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । आज शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन । उनले भने, वामपन्थीहरु एकजुट हुन आवश्यक छ ‘सत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन ।
वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ। यो नै मुलुकको लागि फाइदाजनक हुन्छ । गठबन्धन समाधान होइन, गठबन्धनबाट भविष्य निर्माण हुँदैन ।’ उनले दलहरू असफल भएको समेत बताए ।
उनले भने, ‘इतिहासबाट पाठ लिउँ तर भारी नबोकौँ । भविष्य कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ।’ महासचिव पोखरेलले राज्य सञ्चालनमा स्वार्थको सौदाबाजी भइरहेको बताएका छन ।
उनले नयाँ जनादेशलाई सम्मान गर्ने कुरामा साझा दृष्टिकोण बनाउनुपर्नेमा बताएका छन । नेपाली राजनीतिमा विश्व राजनीतिको प्रभाव पर्दै गएको बताउँदै उनले यो बारेमा सुझबुझ राख्नुपर्ने बताए ।
उनले भने– ‘विश्व राजनीतिको प्रभाव नेपाली राजनीतिमा परिरहेको छ भन्ने कुरा किन हामीले बुझ्दैनौँ ।’