बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिए

काठमाण्डु टुडे २०७९ पुष ८ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,८ पुस– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका छन ।

४ मंसिरमा भएको निर्वाचनमा उनी धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका थिय ।

प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us