सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष ८ गते १५:३१ मा प्रकाशित

काठमाण्डु,८ पुस– सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

अपरान्ह ४ बजेपछि बस्ने बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने भएका छन ।

बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँ डफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us