मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ८ गते १४:२५ मा प्रकाशित

काठमाण्डु,८ पुस– प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाण्डुको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् ।

उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाण्डुको ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमकाण्डुबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

उनीहरूलाई काठमाण्डु जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us