
काठमाण्डु,८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्ने बताएकी छन ।
भण्डारीले आज शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै यस्तो बताएकी हुन । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताएकी छन ।
उनले भनिन्– ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ।’
राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताएकी छन ।
उनले सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा बताएकी छन ।
यसमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने उनले बताइन् । उनले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरिकी छन ।