१ वर्षीय बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ८ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,८ पुस– बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ १ वर्षीय बालकको मृत्यु । बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टीमा डुबेर मूत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us