डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ६ गते १७:४१ मा प्रकाशित

डोटी, ६ असार– डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो तीन बजेतिर आदर्श गाउँपालिका–१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जिप दुर्घटनामा परेको थियो ।

भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर आदर्श गाउँपालिका–७ का जिप चालक समेत रहेका सुरेशबहादुर कार्की, सायल गाउँपालिका –६ का काली कटुवाल र सायल गाउँपालिका –५ की हरुदेवी विकको मृत्यु भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिएका छन ।

घाइते हरुदेवीको डोटीको सिलगढी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते २ जनाको सिलगढीमा उपचार भइरहेको छ। जिपमा ८ जना सवार थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us