राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

काठमाण्डु टुडे २०७९ पुष ८ गते १३:४५ मा प्रकाशित

काठमाण्डु,८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा पुगेकी छिन् । आज शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत पुगेकी हुन् ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी भएका छन । उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन आज सुर्खेत पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us