
काठमाण्डु,८ पुस– पुर्व प्रधानमन्त्री एमंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डु महानगरको मेयर बालेन्द्र शाह बालेनल लाई नफुट्ने मेटल तबला दिएको बताएका छन ।
ओलीले काठमाण्डु माहानगरको चुनाव जितेपछि बालेनलाई तबला उपहार दिएका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीले यस्तो बताएका हुन ।
उनल भने, मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए । मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाण्डुमा गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो ।
उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’