बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

२०७९ फागुन १२ गते १०:३९

काठमाण्डु,१२ फागुन– कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा...

मकवानपुरमा जंगली हात्तीको आक्रमणमा एकको मृत्यु

२०७९ फागुन १२ गते ८:३६

मकवानपुर, १२ फागुन– मकवानपुरको बकैया गाउँपालिका–५, पावसमा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ५० वर्षीय जनकलाल माझी छन् । बिहीबार राति करिब ९ बजेतिर घर नजिकै माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती आक्रमणमा गम्भीर...

राप्रपामा चर्कियो विवादः राजा कि राष्ट्रपति ?

२०७९ फागुन १२ गते ८:२५

काठमाण्डु, १२ फागुन– राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेमा विवाद चर्किएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठक बस्दैछ । बहुमत केन्द्रीय सदस्य राष्ट्रति निर्वाचन बहिस्कार गर्नुपर्ने पक्षमा उभिएपछि अध्यक्ष राजेन्द्र लिङदेन अप्ठेरोमा परेका छन् । राप्रपा अध्यक्ष लिङदेनको नेतृत्वमा सरकारमा सहभागी भएको...

एमालेले सरकार छाड्ने !

२०७९ फागुन १२ गते ८:१५

रुकुमपश्चिम, १२ फागुन– एमाले सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । रुकुम पश्चिममा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए । प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा...

राष्ट्रपतिबारे छलफल गर्न काँग्रेससहित पुरानो गठबन्धनको बैठक बस्दै

२०७९ फागुन १२ गते ८:११

काठमाण्डु, १२ फागुन– राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न ४ मंसिरको निर्वाचनअघिको पुरानो गठबन्धनको बैठक बस्दैछ । काँग्रस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बसेको माओवादी, एकीकृत समाजवादी र...

जसपालाई उपराष्ट्रपति दिन माओवादी केन्द्र सकारात्मक छ: यादव

२०७९ फागुन ११ गते १८:३५

काठमाण्डु,११ फागुन– जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन । आज (बिहीबार) माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने,...

माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको बैठक सुरु

२०७९ फागुन ११ गते १८:०८

काठमाण्डु,११ फागुन– आगामी राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । यस्तै जसपाबाट अध्यक्ष...

राष्ट्रपति कांग्रेसलाई दिँदा नै राष्ट्रिय सहमति हुन्छ: सुदन किराती

२०७९ फागुन ११ गते १७:२६

काठमाण्डु,११ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा नै राष्ट्रिय सहमति हुने बताएका छन । आज (बिहिबार) गृहजिल्ला भोजपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले नेकपा माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेकाले अब...

मन्त्रिपरिषद् बैठक जारी

२०७९ फागुन ११ गते १७:२०

काठमाण्डु,११ फागुन– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठकलाई नियमित बैठक भनिएको छ।   सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन रहेको छ । बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय समेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...

उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने

२०७९ फागुन ११ गते १७:१३

काठमाण्डु,११ फागुन– काठमाण्डु उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका...

माओवादी केन्द्र र जसपा नेताहरुको छलफल सुरु

२०७९ फागुन ११ गते १६:२७

काठमाण्डु,११ फागुन– राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न नेकपा (माआवादी केन्द्र) र जनता समाजवादी पार्टीक नेताहरुबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारमा भएको भेटमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी रहेका छन ।...

लिग टु सिरिज जित्ने खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

२०७९ फागुन ११ गते १६:१५

काठमाण्डु,११ फागुन– सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाण्डुमा भएको सिरिज विजेता खेलाडीलाई प्रतिव्यक्ती २ लाख रुपैयाँ दिने भएको छ । आज (बिहीबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us