खाल्टोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख १ गते १५:२० मा प्रकाशित

सप्तरी ,१ वैशाख– खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह रहेका छन ।

राजविराज नगरपालिका ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us