माओवादीकी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपा युवा पक्राउ

काठमाण्डु टुडे २०८२ असार २३ गते १७:४१ मा प्रकाशित

काठमाण्डू, २३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका एक युवा पक्राउ परेका छन् । अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

सांसद लामाको उजुरीमा राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेशबहादुर बडुलाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो । बागले एआईको माध्यमबाट भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सांसद लामाको आरोप छ ।

बागलाई पक्राउपछि काठमाण्डू जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिएका छन ।

बागले गत असार १९ मा एउटा टिकटक भिडिओ आफ्नो फेसबुकमा सेयर गरेका थिए, जसमा लामा एक युवक सँग ओठमा चुम्बनरत रहेको देखिन्छ । बागले भने यो भिडिओ लामा आफैंले बनाएर टिकटकमा राखेको र आफूले ‘के हो यस्तो ?’ भनेर सेयर मात्र गरेको प्रहरीलाई बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us