बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राई रहेका छन ।

ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्ग बहादुरले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us